लण्डन/ बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ ।

अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए  ।

राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेकाे छ ।

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताए।

उनीहरुले आगामी केही महिनापछि विवाह गर्ने भएको छ भने विवाहपछि केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने भएको छ ।

बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट पाँचौ पालोमा राजगद्दी सम्हाल्नेछन् ।