भद्रपुर । नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण प्रसाद सिटौलाको घरमा बम विष्फोट भएको छ । भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढीमा रहेको सिटौला निवासमा गएराति १२.४५ बजे सुतली बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरनजिकै पश्चि– दक्षिणपटि रहेको पर्खालमा राती पौने १ वजे ठुलो आवाजमा विष्फोट भएको घरमा सुरक्षार्थ खटिएका प्रहरीको भनाइ छ । घरवरीपरी सुरक्षाकर्मी घुमिरहेपनि छक्याएर बम पड्काएको उनिहरुले भनाइ छ । बमवाट शौचालय, घरका केहि झ्यालका सिसामा क्षति पुगेको छ भने पर्खाल पुर्णरुपले भत्किएको छ । घट्ना लगत्तै बाह्रदर्शि गाउपालिका ५ घर भई हाल विर्तामोड नगरपालिका ४ सैनिक मोड वस्ने ४० वर्षीय राजेश कार्कीलाइ प्रहरीले घट्नास्थलवाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले बताए । ज्यान मार्ने वा ठूलो क्षति पुर्याउने उदेश्यले विष्फोट गरिएको नदेखिए पनि त्रास फैलाउन बम विष्फोट गरिएको एसपी केसीको भनाइ छ । शसस्त्र, नेपाल प्रहरी र मोवाइल गाडी समेतले सुरक्षा दिइरहेको अवस्थामा यस्तो घट्ना भएको उनले बताए । पक्राउ परेका व्यत्तिको अनुसन्धान जारी रहेकोले थप कुरा खुल्ननसकेको उनले जनाए । केहि दिन अघि एमाले अध्यक्ष तथा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओली र नेपाली काँग्रेसका झापा अध्यक्ष तथा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि बम विष्फोट भएको थियो ।