इनरुवा । सुनसरीको विभिन्न व्यवसायहरुले गर्दै आएको आर्थिक तथा मूल्य कारोबारको तथ्यांकलाई व्यवस्थित गर्ने भएको छ । जिल्ला तथ्याकं कार्यालय सुनसरीले आर्थिक तथा मूल्य कारोबारको तथ्यांकलाई व्यवस्थित गर्ने जनाएको छ । कृषि र कृषक, निर्माण व्यवसाय लगायतको उत्पादन गरेका सामान तथा विक्री गर्न योग्य सामग्रीको मूल्य यकिन गर्न आवश्यक भएकाले व्यवस्थित गर्न लागिएको जनाएको हो । व्यापारीहरुले मूल्य लुकाउने र यर्थाथ देखाउन हिच्हिचाएकाले त्यसलाई मध्यनजर गरी मूल्य तथ्याङक र मूल्य सुचाङकको महत्व तथा आवश्यकता बारेमा जानकारी दिई मूल्य तथ्याङक व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको तथ्याङक कार्यालयका अधिकृत केदार न्यौपानेले बताउनुभयो । कार्यक्रममा मूल्य प्रक्रिया, विधी, समय सन्दर्भमा परिमार्जन र गोपनियता लगायतका विषयमा समेत सरोकारवालाहरुलाई जानकारी दिएको सहजकर्ता केदार न्यौपानेले जानकारी दिनुभयो । मूल्य तथ्याङकलाई व्यवस्थित गर्न निर्माण क्षेत्रको मूल्य सङकलन, कृषि उत्पादनको मूल्य सङकलन र व्यवसायको मूल्य सङकलन गरिने तयारी समेत गरेको अधिकृत न्यौपानेले बताउनुभयो । उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा कृषकहरुको घरघरमा तथ्याकं कर्मचारीहरु पुगेको भएपनि सत्य तथ्य विवरण नदिएकाले केही समस्या भएको बताउनुहुदै न्यौपानेले तथ्याकङका लागि सही समयमा सही सूचना उपलब्ध गराइ दिनका लागि आग्रह समेत गर्नुभएको छ । उँहाले मूल्य तथ्याङकका लागि उत्पादित सामानको सूचाङकहरु सत्य तथ्य रुपमा दिनुपर्ने, व्यक्तिगत विवरण दिनुपर्ने, मूल्य तथ्याङक र निर्माण तथा व्यापारीक विवरण उपलब्ध गराउनुपर्ने न्यौपानेको भनाई छ ।