इटहरी / सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागारबाट निस्किएको दुर्गन्धले स्थानीय वस्ती र खेती योग्य जमिनलाई प्रभावित पारेको भन्दै फोहोर पानी व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।
[caption id="attachment_62146" align="aligncenter" width="3264"]
रामधुनी वडा नं. ५ मा रहेको कारागारबाट बाट निस्एिको फोहोर पानीले अन्नबाली समेत प्रभावित पारेको भन्दै तत्काल व्यवस्थापन गर्न स्थानीयले माग गरेका हुन । १६ सयको हाराहारीमा कैदीवन्दी रहेको कारागारबाट दैनिक प्रयोग गरेको पानीबाट डेड सय घर परिवार प्रभावित हुँदै आएको रामधुनी ५ का वार्ड अध्यक्ष डेगराज फूयाँलले बताए । उनका अनुसार तीन वर्ष अघिदेखिको यो समस्या छ । कैदी बन्दीले प्रयोग गरेको पानी रातको समयमा ढल मार्फत वस्तीमा जाने गरेको पनि उनले बताए ।
फोहोर पानीको उचित ब्यवस्थापनका लागि पटक–पटक मौखिक तथा लिखित रुपमा कारागा प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गरेको स्थानीयको भनाई छ । कारागारबाट निस्केका फोहोर पानीले पाँच बिगाहा भन्दा बढी खेतीयोग्य जमिनमा प्रत्यक्ष प्रभाव पारेको र आसपासका जमिन समेत प्रभावित भएको स्थानीयले बताएका छन् । फोहोर पानी खेतमा जादा उब्जनी कम भएको भन्दै कृषिमा भएको क्षति कारगारले ब्योहोर्नु पन किसानहरुको माग छ । मलमुत्र समेत सोही पानी मार्फत आउने भएको भन्दै मानवीय स्वास्थ्यमा समेत प्रतिकुल असर परेको उनीहरुले बताएका छन् ।
सोमबार रामधुनी वडा नं. ५ का वडा अध्यक्ष डेगराज फुयालको नेतृत्वमा गएको स्थानीय बासिन्दाको टोलीले कारागार प्रशासनलाई फोहोर पानी व्यवस्थापन गर्न माग गरेको छ । यता, कारागार प्रमुख गणेश अधिकारीले कारागारको फोहोर व्यवस्थापन गर्न गृह मन्त्रालयमा र कारागार ब्यवस्थापन बिभागमा जानकारी गराई सकेको भन्दै त्याहाबाट कुनै योजना नआएको हुँदा ब्यवस्थापनका लागि काम गर्न नसकेको स्वीकार गरेका छन् ।