पाँचथर/ पहिलो चरणमा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनका सबै मतदान केन्द्रका मतपेटिका सोमबार बिहान सदरमुकाम ल्याइपु¥याइएको छ । जिल्लाको एक सय मतदानस्थलका एक सय ६५ मतदान केन्द्रका सबै मतपेटिका सोमबार बिहान सात बजेसम्ममा सदरमुकाम ल्याइपु¥याइएको जिल्ला निर्बाचन अधिकारी ध्रुव कुमार राईले बताए ।
सबै मतपेटिकाहरु जिल्ला समन्वय समितिको सहिद मञ्च अघिको कर्मचारी मिलन केन्द्र र नेपाल रेडक्रश सोसाइटीको कार्यालयमा शिलबन्दी गरी राखिएको जिल्ला निर्बाचन अधिकारी ध्रुव कुमार राईले बताए । राईका अनुसार प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र प्रदेश सभा तर्फ क्षेत्र नम्बर दुईको मतपेटिका रेडक्रश कार्यालय र प्रदेश सभा सदस्य तर्फ क्षेत्र नम्बर एकको मतपेटिका कर्मचारी मिलन केन्द्रको भवनमा राखिएको छ ।
उक्त मतपेटिकाहरु सर्बदलीय बैठक बसि शिलबन्दी गरेर राखिएको हो । मतपेटिको सुरक्षाका लागि सम्पूर्ण आवस्यक प्रबन्ध मिलाइएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । मतगणना आगामी मंसीर २१ गते साँझ ५ बजेबाट सुरु गरिने जिल्ला निर्वाचन अधिकारी राईले बताए ।