धरान/धरानमा पुषको पहिलो सातादेखि पाँचदिने दोस्रो पुष्प मेला प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष ७ गतेदेखि ११ गतेसम्म मेला लाग्ने एसोसिएसन सुनसरीका सचिव प्रेमप्रसाद पराजुलीले बताए ।
[caption id="attachment_61982" align="alignnone" width="706"]
तस्बिरः भोजराज श्रेष्ठ[/caption]
उनका अनुसार प्रदर्शनीमा ३० वटा स्टलहरु रहेन छन् । जसमा भवेना, मेरीगोल्ड, गजेनिया, साल्मिया, लिरियम लगायतका १ सय भन्दा बढी प्रजातिका फूलहरु राखिने छ । जहाँ १० रुपैयादेखि ३ लाख रुपैयासम्मका फूलहरुको कारोबार हुने छ । मेलामा प्रदेश १ को इलाम, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ, झापा र सप्तरीका फूल व्यवसायीहरु सहभागी रहने छन् ।
८ लाख ५५ हजारको बजेटमा पुष्प मेला लाग्ने एसोसिएसनका सुनसरी अध्यक्ष ठगेन्द्र पोख्रेलले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिए । प्रदर्शनीमा ८० लाख रुपैया बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । गतवर्ष झै उत्कृष्ट स्टललाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । गतवर्ष फागुनमा तीन दिने मेला लगाइएको थियो ।