शनिश्चर । मोरङको पथरीशनिश्चरे ४ का अध्यक्ष गोविन्दबहादुर भण्डारीमाथि कुटपिट भएको छ । सोही वडाका विष्णु भनिने वीरबहादुर कार्कीले आइतबार दिउँसो १ बजेको समयमा कुटपिट गरी वडाध्यक्ष भण्डारीलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । कुटपिट गर्ने कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किन माओवादी कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएको भन्दै कार्कीले आफुमाथि अनर्गल कुरा गरेर ढुंगा प्रहार गरेको भण्डारीको भनाई रहेको छ । खुट्टा, ढाड लगायत चोट देखिएका भण्डारीको पथरी अस्पतालहुँदै विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको छ ।