विजयपुर/धरान उपमहानगरपालीकाद्धारा गठित ‘धरान पर्यटन प्रर्बधन समिती’ले कार्य प्रारम्भ गरेको छ । शनिबार बसेको समितीको पहिलो बैठकमा बोल्दै धरान उपमहानगरपालीकाका मेयर तथा समितीका संयोजक तारा सुब्बाले यस अघि धरानको पर्यटनका बिषयमा धेरै गफहरु भएपनि ठोस योजना नबनेको बताउदै अब पर्यटनको गुरु योजना नै बनाएर अगाडी बढ्ने बताए ।

उनले यस अघि धरानको पर्यटनकालागि बार्षिक ४ देखि ५ लाख मात्र बजेट छुट्टीने गरेकोमा यस बर्ष एक करोड रुपैया छुट्टाएको जानकारी दिए । अब हामीले गफलाई भन्दापनि कामलाई गति दिनु पर्ने छ,समितीका सबै सदस्यको निरन्तर सक्रियता र धरानबासीको सकारात्मक सहयोगको खाचो रहेको बताए । बैठकमा बोल्दै सह संयोजक किशोर थुलुङले धरानको पर्यटन बिकासकालागि योजना र त्यसलाई कार्यान्वयन गर्न आबश्यक निती बनाउनु आबश्यक रहेको बताए । बैठकले धरानको तिनकुनेमा पर्यटन सुचना केन्द्र स्थापना गर्ने र पर्यटन बिकास तथा प्रर्बधनकालागि आबश्यक योजना बनाउन सह संयोजक किशोर थुलुङ,सदस्य कृष्ण शाह र समितीका सदस्य सचिब सुनिल नेपाल सदस्य रहेको समिती पनि गठन गरेको छ । समितीले चालु आर्थिक बर्षमा बिनियोजीत बजेटको बाडफाँड,सुचना केन्द्र स्थापनाकालागि आबश्यक अध्यन र समितीको कार्यालय स्थापनालागि अध्यन गर्ने तथा धरानको पर्यटन विकासकालािग बिस्तृत प्रस्ताब पेश गर्ने छ । समितीका सदस्य सचिव सुनिल नेपालले समितीले चाँडै अर्को बैठक बसि थप कार्यलाई अगाडि बढाउने जानकारी दिए ।