डनाङ/ आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुग्नुभएको छ ।

भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् बिमान अवतरण गरेको थियो । उनलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।

भियतनाममा आयोजना भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन, (एपिइसी) को सम्मेलनमा सहभागिताका लागि उनी यहाँ आएको हो ।

उनले सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी एसिया भ्रमणका क्रममा चीनमा थिए ।

उनी शुक्रबारै चीनबाट भियतनाम पुगेका हुन् । उनले चीनमा छँदा राष्ट्रपति चिनफिङसँग भेटवार्ता गरेका थिए। उनी दुवै जना शुक्रबारै भियतनाम पुगेका हुन् ।

सो सम्मेलनमा विश्वका नेताहरुले पनि सम्बोधन गर्ने छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतले पनि सो सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको प्राप्त समाचारमा जनाइएको छ ।