म्युनिख/ स्वास्थ्य सेवासँग जोडिएको नर्सजस्तो कोही व्यक्ति, जसको काम मानिसहरुको ज्यान जोगाउनु हो, उसलै मानिसको ज्यान कसरी लिन सक्छ ? त्यो पनि एक सय जना ! तर, जर्मनीकी यी पूर्व नर्सका बारेमा भने यो अपवादको रुपमा लागु भएको छ ।
अभियोग लगाउने पक्षको भनाई छ कि, ‘टाक्सिकोलोजी टेस्टमा संकेतहरु मिलेका छन् कि नर्स निल्स होएग्लले आफूले काम गरेका दुई अस्पतालमा कम्तीमा एक सय मानिसको ज्यान लिएका छन् । टाक्सिकोलोजी यस्तो विज्ञान हो, जहाँ बिष र त्यसको प्रभावको बारेमा अध्ययन गरिन्छ ।
जाँचमा जोडिएका अधिकारीहरुको भनाई छ, ‘नर्स नील्सले पुरै सचेत तरिकाले आफ्ना विरामीलाई ज्यान जाने गरी औषधी दिए ।’ जो ज्यक्ति मारिए, ती मुटु रोगका विरामी थिए र उनीहरुलाई हेर्ने जिम्मा यीनै नर्स निल्समाथि थियो । दुई अस्पतालमा काम गरेक यी नर्स अहिले हत्याको आरोपमा आजीवन कारावासमा सजाय काटिरहेका छन् ।
भन्ने गरिएको छ कि नर्स निल्स मृतकलाई फेरि जीवित बनाउे कोशिषमा आफ्ना सहकर्मीलाई प्रभावित गर्न खोज्थे । आउँदो बर्ष उनीमाथि थप नयाँ आरोप लाग्न सक्छ । सन १९९९ बाट २००५ का बीचमा जर्मनका दुई शहरमा उनीमाथि ३८ र ६२ बिरामी हत्याको आरोप छ । जाँच अधिकारीहरुको भनाई छ कि नर्स नील्सले हत्या गरेक हुन् भने पनि मृतकको अन्तिम संस्कार गरिसकिएको छ ।
यदी नर्समाथि लगाएको आरोप सही ठहरिए भने यो विश्व युद्धपछि जर्मनमा सबैभन्दा ठूलो सिरीयल किलर्सको रुपमा उल्लेख हुनेछ । सन २०१५ मा अदालत ट्रायलका बेलाउनले ३० मानिसको हत्या गरेको स्वीकार गरेपछि नील्सका विरुद्ध चलेको जाँचको सीमा बढाइएको थियो । यस ट्रायलमा उनलाई हत्याका दुई, हत्याको कोशिषमा दुई र विरामीलाई हानी पुर्याएको आरोप लगाइएको थियो । त्यसपछि जाँच अधिकारीले १३० मृतकको चिहान उत्खनन् गरेर उनीहरुलाई विष दिइएको थियो वा थिएन भनेर जाँच गरेका थिए । नर्स निल्ले जुन अस्पतालमा काम गरेका थिए, त्यसको रेकर्ड हेरियो । यति हुँदा पनि आश्चर्यजनक रुपमा उनलाई राम्रो सिफारिस गरेको भेटियो । जर्मनको डेलमेनहोस्ट शहरको एक अस्पतालमा ती नर्स गएपछि मृत्युको श्रृखला शुरु भएको थियो । र, मृत्य त्यसबेला भयो जब नर्स निल्स ड्युटीमा थिए । बीबीसी