विराटनगर/ विराटनगरमा रहेको जिल्ला कारागार मोरङमा सोमाबार थप एक कैदीको मृत्यू भएको छ । लागूऔषध मुद्दामा सजाय भुक्तान गरिरहेका धनकुटा खोकु ५ बस्ने बर्ष ३९ बर्षिइ हरीकुमार राईको उपचारका क्रममा बिराटनगर स्थित कोशी अस्पतालमा मृत्यू भएको हो । जेल प्रशासनका अनुसार मृतक कैदी राई १० माघ २०७३ देखी राइले कैद सजाय भुक्त्तान गरिरहेका थिए । झाडा पखाला र श्वास प्रश्वास सम्बन्धी रोगले सिकिस्त भएका उनलाई आइतार साँझ उपचारकालागि कोशी अस्पताल लगिएको थियो । मोरंग कारागारमा साउन महिनादेखी २० कार्तिक सम्म ११ जना कैदी बन्दिको मृत्यु भैसकेको छ ।