विराटनगर/ भन्सार छलेर सुनसरीको दक्षिणी क्षेत्रबाट बिराटनगरतर्फ ल्याउँदै गरको साढे ८ लाख मुल्य बराबरको कपडा सहित अबैध ओसार पसारमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर स्थित इलाका प्रहरी रानीले सुनसरीको बर्जु गाउँपालिकाबाट बिराटनगरतर्फ अबैध रुपमा ल्याउँदै गरेको ८ लाख २२ हजार मुल्य बराबरको बिभिन्न कपडा सहित ओसार पसारमा संलग्न ८ जनालाई पक्राउ गरेको हो ।
बिभिन्न कपडाहरु लिएर साइकलमा बिराटनगरतर्फ आउदै गर्दा मोरंग र सुनसरीको दक्षिणी सिमानामा पर्ने केशलिया खोलाको पुलबाट उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा बर्जु गाउँपालिका २ का संजिबकुमार राय , संखे राय , धमेन्द्र राय शुशिल राय, सकलदेब राय , सिकिन्द्र राय , जलेश्वर राय र रामेश्वर राय छन् । पक्राउ परेकाहरु सबै लामो समयदेखी सिमा क्षेत्रमा अबैध ओसार पसारमा संलग्नहरु रहेको ईप्रका रानीका ईन्स्पेक्टर सन्तोष निरौलाले बताए । अबैध ओसार पसारमा संलग्नहरुले भारतको जोगबनी र बथनाहा बजारबाट खरिद गरेर ल्याएका कपडाहरु उनिहरुले सुनसरीको अमडुवा र सहेबगन्ज , धुस्की नाकाबाट नेपाल भित्रयाउने गरेको प्रहरीलाई बताएका छन ।
पक्राउ गरिएका कपडा र अबैध ओसार पसारमा संलग्न व्यक्त्तिलाई बिराटनगर भन्सार कार्यालयमा बुझाउने इप्रका रानीले जानकारी दिएको छ ।