विराटनगर/ मोरङबाट प्रतिनिधि र प्रदेश सभाको उम्मेदवार भएका काँग्रेसका नेताहरुले विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल प्रेस यूनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको उम्मेदवारहरुको परिचय र प्रतिबद्धता कार्यक्रममा उम्मेदवारले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने प्रतिबद्धा जनाएका हुन् । मुलुकलाई समृद्धीको बाटोमा ल्याउन र संविधानलाई सर्वस्वीकार बनाउन काग्रेसलाई बहुमत दिन काग्रेसका उम्मेदवारहरुले आग्रह गरे । काँग्रेसले मात्र मुलुकलाई एकतामा बाधेर सहि बाटोमा चलाउन सकिने भएकाले मुलुकको विकासको निम्ती काग्रेसलाई बहुमत दिनुको बिकल्प नभएको उम्मेदवारहरुले बताए ।कार्यक्रममा काग्रेसका तर्फबाट मोरङग क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदबार बनेका महेश आर्चायले काँग्रेस राष्ट्रिय एकता बनाउन लागेकाले संविधान प्रति रहेको असन्तष्टीलाई मेटाउन काग्रेसलाई बहुमत दिन आग्रह गरे ।उनले युवाहरुको सामथ्र्यलाई प्रयोग गरेर मुलुकको समृद्धी काँग्रेसले मात्र गर्न सकिने भएकाले काग्रेसको उम्मेदवारलाई भारी मत दिएर विजय बनाउन आग्रह गरे ।आर्चायले बिराटनगरलाई मेडिकल सिटी बनाउने र बिमानस्थलको स्तरउन्नती गरेर अन्तराष्ट्रिय स्तरको बनाउने र जोगबनी किमाथांका सडकलाई सुचारु गर्ने सबै उम्मेदबारहरुलको मुख्य एजेण्डा भएको जानकारी दिए ।कार्यक्रममा प्रतिनिधि सभामा उठेका सबै क्षेत्रका उम्मेदवारहरुले आआफना चुनावी एजेण्डा सुनाउदै प्रतिबद्धता व्यक्त्त गरे ।
कार्यक्राममा मोरङग २ नम्बर क्षेत्रका प्रतिनिधि सभा उम्मेदबार डा. मिनेन्द्र रिजालले विकासको निम्ती साधन स्रोत जुटाउन काँग्रेस मात्र क्षमताबान रहेकाले मुलुको समृद्धी र युवाहरुको सपना सकार पार्न काग्रेसलाई बहुमत दिनुको विकल्प नभएको दाबी गरे । त्यस्तै मोरङ ३ नम्बर क्षेत्रका उम्मेदरवार सुनिल शर्माले आफना क्षेत्रमा विकासको वाढी ल्याउने दावी गर्दै घरमा युवाहरुलाई रोजगारी दिदै स्वास्थ्य बिमा गरिने आशोसन सुनाए । ‘आर्थिक अभावले शिक्षाबाट बन्चित भएका थुप्रै जनताका छोरा छोरी छन्,’ उनले भने, ‘त्यस्ता विद्यार्थीलाई २ वर्षभित्रमा मेडिकल टेक्नोलोजिमा ३ सय विद्यँर्थीलाई निःशुल्क पढाइ दिन्छु ।’ नोबेल मेडिकल कलेजको सञ्चालक समेत रहेका शर्माले ३ नम्बर क्षेत्रका जनताको निःशुल्क स्वास्थ्य विमा समेत गरिदिने भन्दै अहिले मतदाताहरुको घरघरमा पुग्ने गर्दछन् ।