पथरी/स्थानीय तहमा निर्वाचित भएको ५ महिना पछि मात्र मोरङको कानेपोखरी गाउँपालिकाका दुई वडा अध्यक्षले आफ्नो वडामा वडा कार्यालय स्थापना गरेका छन् ।
सोमबार वडा नम्बर ५ र वडा नम्बर ७ मा वडा कार्यालय प्रमुख अतिथि गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेले उद्घाटन गरेका छन् । तल्लो जहदा डुम्रिघाटमा वडा नम्बर ५ र आइतबारे चौकमा वडा नम्बर ७ को अस्थायी कार्यालय उद्घाटन गरेको हो । प्रमुख अतिथि काफ्लेले ढोकामा रिवन काटेर र वडाको वोर्ड व्यानर खोलेर उद्घाटन गरेका थिए । उद्घाटन कार्याक्रममा बोल्दै प्रमुख अतिथि काफ्लले ५ लाख भन्दा मुनिको बिकासे काम वडाबाटै हुने जनाउँर्दै जनताको काम वडालाई जिम्मा दिएकोले अव गाउँपालिकाको कार्यालय धाउँन नपर्ने बताए । प्राबिधिक कुराहरुले गर्दा वडाको काम गाउँपालिकाबाटै दिइर्दै आएकोले आजको दिन देखि वडाबासीले वडाबाटै सहजै सेवा लिन आग्रह गरेका थिए ।
त्यसैगरी कार्याक्रमका विशेषअतिथि रहेका गाउँपालिकाका उपाध्यक्ष तथा कार्यपालिका न्यायिक समितिका अध्यक्ष राजमती इङ्नाम लिम्बूले वडाबाट नसक्ने काम गाउँपालिकाबाट सहजै गर्ने, जनताको लागी गाउँपालिकामा जतिखेर पनि उपस्थीत हुने बताइन । गाउँपालिकाका कार्याकारी अधिकृत नारायण न्यौपानेले वडा कार्यालयको उद्घाटन कानेपोखरीमा फरक भएको बताए । लेटाङ नगरपालिकाबाट भखर कानेपोखरी गाउँपालिका सरुवा भएर आएका न्यौपानेले गाउँपालिकाको कार्यालयबाट बाजा गाँजा सहित उद्घाटन हुनुपर्ने बताउँर्दै उपस्थीत पनि न्यून भएकोले जनताले वडा कार्यालयको महत्व नबुझेको बताए ।
उनले अव घर बनाउँदा घरजग्गा नक्सा पास गरेर मात्र बनाउन अनुरोध गरेका छन् । घरजग्गा नक्सा पास नगरी घर निमार्ण गरिएमा घर निमार्णको कुनै अर्थ नहुने बताए । उद्घाटन कार्याक्रममा माओवादी केन्द्र नेपाली कांग्रेसका प्रतिनिधिको उपस्थीत रहेको थियो । वडा नम्बर ७ मा मोहन अधिकारीको अध्यक्षता र वडा नम्बर ५ मा चरण गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम वडा सचिव धर्मराज अधिकारीले संचालन गरेका थिए । स्थानिय तहको निर्वाचनमा वडा नम्बर ५ र ७ नेकपा एमालेले प्यानलनै बिजय भएका थिए ।
कानेपोखरी गाउँपालिका वडा नम्बर १ को साविक होक्लाबारी गाविसमा, वडा नम्बर २ को साविक केरौन गाविसको भवनमा, वडा नम्बर ३ हरकपुर जयनेपाल चौक भाडामा, वडा नम्बर ४ पुरानो वयरवन गाविसको जग्गामा, र वडा नम्बर ६ गाउँपालिकाको कार्यालयमा यस अघि नै उद्घाटन गरी सेवा सुरु गरिसकेको छ ।