शनिश्चरे/मोरङको पथरीशनिश्चरे १० स्थित भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहको छैटौं चुनावी साधारणसभाबाट अध्यक्षमा पदम पाख्रिन निर्वाचित भएका छन् ।
सर्वसहमत रुपमा चयन भएको समितिको उपाध्यक्षमा कौशिला राई, सचिवमा खगेन्द्र थापा, सहसचिवमा खगेन्द्र खड्का र कोषाध्यक्षमा देविप्रसाद खरेल सहित १३ सदस्यीय रहेको छ ।
पदम दहालको अध्यक्षतामा भएको साधारणसभामा आर्थिक वर्ष ०७४-७५ का लागि ३५ लाख ३१ हजार ४ सय ७९ रुपैयाँको आयव्यय विवरण प्रस्तुत भएको छ ।
डाँसखोला तटबन्धमा ४ लाख २७ हजार ८ सय ७० सहितका विकास निर्माणमा समेत बजेट छुट्याइएको छ । कार्यक्रममा, गरिवी निवारणतर्फ २६ जना पशुपालक र व्यवसाय गर्ने ३ जनालाई लाई जनही १५ हजार तथा ६ जनालाई एक एक थान सिलाई मेसिन प्रदान गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेलले सामग्री वितरण गर्नुका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका असक्त, उत्कृष्ठ छात्रछात्रालाई सम्मान तथा पुरस्कार वितरण गरेका छन् । यसैगरी, आइतबार सोही वडाको जिरिखिम्तिीस्थित डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको १६ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष भीम मगरबाट चालु आर्थिक वर्षका लागि ३० लाख ४१ हजार ९ सय ४५ रुपैयाँ बराबरको आय विवरण प्रस्तुत भएको छ ।
सो अवसरमा उत्कृष्ठ घुम्तीकोष उपभोक्ता, उत्कृष्ठ कर्मचारी, ज्येष्ठ, एकल महिला, पूर्व अध्यक्षहरु, टोल संयोजकहरु, एसएलसीमा उत्कृष्ठ विद्यार्थी, विपन्न विद्यार्थी सहितलाई सामुदायिक वन उपभोक्ता समूह मोरङ अध्यक्ष अग्नी पौडेलले सम्मान र पुरस्कार प्रदान गरेका छन् ।