झापा/ आफ्नै घर नजिकै रहेको पैनीमा खेल्ने क्रममा डुबेर झापाको मेचीनगरमा गएराति एक शिशुको मृत्यु भएको छ । मेची नगरपालिका वडा नं–७ सतिघट्टा बस्ने पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको आइतबार साँझ पैनीमा डुबेर मृत्यु भएको प्रहरी चौकी सतिघट्टाले जनाएको छ । डुबेर बेहोस अवस्थामा भेटिएका बालकको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।