कचनकवल । जनताको अधिकारको लागि लड्नेलाई रोज्ने की जनताको अधिकारलाई दमन गर्नेलाई रोज्ने भनी निर्णय गर्ने अधिकार अहिले झापाका क्षेत्र नम्बर ३ का नागरिकहरुलाई प्राप्त भएको कांग्रेस पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले बताएका छन् । अहिलेको निर्वाचनमा जनताले गम्भिर भएर पैmसला गर्नु पर्ने भन्दै नेता सिटौलाले मतदानमा विवेक पु¥याउन आग्रह गरेका छन् । झापा क्षेत्र नम्बर ३ को कचनकवल गाउँपालीका वडा नम्बर ३ पथरियामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले आफुले जन अधिकार स्थापना गर्नको लागि आफु निरन्तर लडिरहेको भन्दै जनताले बिबेक पु¥याएर पैmसला गर्नेमा आफु विश्वस्त रहेको बताए । नेताहरुले माथि बसेर गरेको समिकरणले लोकतन्त्रबादी कार्यकर्ताहरुलाई अप्ठ्यारो परेको भन्दै नेता सिटौलाले गणतन्त्रबादी कार्यकर्ताहरु राजतन्त्र फर्काउने चुनावी घोषणापत्र लिएर भोट माग्न हिंड्न नसक्ने बताए । गणतन्त्र स्थापनाको लागि आन्दोलन गर्दा गोली बर्साउनेहरुलाई जनताले कुनै हालतमा आफ्नो प्रतिनिधि चुन्न नसक्ने भन्दै नेता सिटौलाले जुनसुकै किसिमको घेराबन्दी भए पनि मतदानमा जनताले बिबेक प्रयोग गर्ने बताए । कार्यक्रममा क्षेत्र नम्बर ३ का प्रदेश तर्पmका उम्मेद्वार भुमि राजवंशिले पनि बोल्नु भएको कांग्रेस क्षेत्रीय सभापती गणेश पोखरेलले जानकारी दिए ।