संखुवासभा /संखुवासभाको चैनपुरमा मोबाइलमा फोनमा बोल्दै गर्दा छतबा बाट खसेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । शुक्रबार बिहान मोबाइल फोनमा बोल्दै छत तिर गएका खाँदबारी–४ बरुवालगाउँ निवासी चन्द्रमणि काफ्लेको छतबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

विगत ७ वर्ष अगाडी सशस्त्र प्रहरीमा भर्ना भएका उनी घर पायक पर्ने भनेर गृह जिल्ला संखुवासभाको चैनपुरमा रहेको सरुवा भएर करिब डेढ वर्षअघि मात्रै सशस्त्र प्रहरी चैनपुर अरुणदल गुल्ममा आएका थिए । डियुटीमै रहेका बेला शुक्रबार बिहान ३ बजेतिर मोबाइलमा कुरा गर्दैगर्दा उनी छतबाट खसेको जनाएको छ ।

उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । काफ्लेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएर आफन्तको जिम्मा लगाएर शुक्रबार नै नजिकै अरुण नदीमा दाहसंस्कार भएको छ ।