भद्रपुर । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि झापामा १ सय ४६ जनाले उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका लागि ५९ जना र प्रदेश क र ख मा गरि ८७ जनाले उम्मेदवारी दिएको जनाएको छ । जस्मा प्रदेश क मा ४२ र ख मा ४५ जना रहेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जनाए । झापामा रहेका पाँच निर्वाचन क्षेत्र अन्तरगत प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ वाट ७ जना,२ र ३ मा १२÷ १२ जना ,४ र ५ मा १४÷१४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए । त्यसैगरि प्रदेश तर्फ क्षेत्र नम्बर १ को कर ख मा ९÷९ , २मा ८÷८, क्षेत्र नम्बर ३ मा ७÷७ जना ,४ मा क मा ४ ख मा १२ र ५ नम्बर मा क मा १२ र ख मा १९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा रहेका ५ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभामा ५ र प्रदेश सभामा १० गरि १५ जना निर्वाचित हुने छन् ।