इलाम/ आगामि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका  लागि इलामका राजनीतिक दलहरुले उम्मेद्धारी मनोनयन दर्ता उत्साहजनक ढंगले गरेका छन् ।

प्रतिनिधिसभामा इलाम निर्वाचन क्षेत्र नं एकमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनाल र क्षेत्र नं दुईमा पूर्व सभामुख तथा व्यवस्थापिका सांसद सुवास चन्द्र नेम्वाङ्गले उम्मेद्धारी मनोनयन उत्साहकासाथ गरेका छन् । यस्तै प्रदेशसभामा निर्वाचन  क्षेत्र नं एकको १ मा प्रत्यक्ष तर्फ खिनु लङवा लिम्बु र क्षेत्र नं एकको २ मा काजीमान कागतेले उम्मेद्धारी मनोनयन दर्ता गरेका छन् ।

यस्तै प्रदेशसभा अन्तर्गत इलाम निर्वाचन क्षेत्र नं दुईको १ मा इलाम जिल्ला नेकपा एमालेका अध्यक्ष राम बहादुर राना रहेका छन् भने क्षेत्र नं दुईको २ मा धिरेन्द्र शर्मा रमणको नाम टुङ्गो लाएको हो । शर्मा माआृेवादी केन्द्रका तर्फबाट उम्मेद्धार हुन् भने बाकीँ उम्मेद्धारहरु नेकपा एमालेका तर्फबाट उम्मेद्धारी मनोनयन गराएका हुन्  ।

यस्तै नेपाली कांग्रेसले प्रतिनिधिसभाका क्षेत्र नं एकमा भुपेन्द्र कट्टेलले उम्मेद्धारी मनोनयन गरेका छन् । कट्टेल नेपाली कांग्रेस इलाम क्षेत्र नं एकका पूर्व क्षेत्रीय सभापति हुन् भने नेपाली काग्रेंसका नेता सांसद केशव थापाले निर्वाचन क्षेत्र नं दुईको प्रतिनिधिसभामा उम्मेद्धारी मनोनयन दर्ता गरेका हुन्  ।

यस्तै प्रदेशसभा अन्तर्गत नेपाली कांग्रेसको क्षेत्र नं एक को १ मा देवेन्द्र राई ,एकको  २ मा दुर्गा बराल र निर्वाचन क्षेत्र नं दुईको १ मा डम्बर खड्का र २ मा खगेन्दू देवानले उम्मेद्धारी मनोनयन गरेका हुन् ।