सुनसरी/ प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि दलहरुले बिहीबार उम्मेदवारको मनोनयन दर्ता गराउँदै छन् ।
बाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माआवोदीले संयुक्त रुपमा उम्मेद्वार चयन गरेका छन् भने नेपाली कांग्रेससहितका दलले समेत मनोनयन दर्ता गराउने समय सीमा निर्धारण गरिसकेका छन् । सुनसरीमा वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यका लागि जशकुमार राई, प्रदेशसभा ‘क’ बाट प्रदीप भण्डारी र ‘ख’ बाट केन्द्रीय सचिव भीम आचार्यले मनोनयन दर्ता गराउँदै छन्। त्यस्तै सुनसरी क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका डम्मर सुवेदी (हिमाल) ले मनोनयन दर्ता गराउने भएकाे छ । क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट सर्वध्वज साँवालाई उम्मेदवारका रुपमा चयन गरिएको छ भने प्रदेश सभा ‘ख’ बाट नेपाली कांग्रेस सुनसरीका उपसभापति रही बुधबार बेलुका मात्रै एमाले प्रवेश गरेका रामप्रसाद मेहतालाई एमालेले उम्मेदवार बनाउने पक्का भएको छ । क्षेत्र नम्बर ३ बाट भगवती चौधरीले प्रतिनिधिसभा सदस्य तर्फको मनोनयन दर्ता गराउँदै छन् । क्षेत्र नम्बर तीनको प्रदेशसभा ‘क’ बाट लिलम बस्नेतले मनोनयन दर्ता गराउँदै छन् भने रामदेव यादवको प्रवल सम्भावना रहेको एमाले सुनसरीले जनाएको छ । त्यसैगरी क्षेत्र नम्वर ४ को प्रत्यक्ष तर्फ रमेश श्रेष्ठले मनोनयन गर्दा गराउने पक्का भएको छ भने प्रदेश सभा ‘क’ बाट जगदिशप्रसाद कुसीयत र प्रदेश ‘ख’ बाट भने बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जाकिर हुसेनले मनोनयन दर्ता गराउन लागेको एमाले सुनसरी अध्यक्ष रमेश बस्नेतले जानकारी दिए । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यका लागि संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईलाई उठाए पनि आधिकारिक निर्णय भने भैनसकेको सुनसरी कांग्रेसले जनाएको छ । क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ तर्फ बुद्धि कटवाल र ‘ख’ बाट राजिव लामाले मनोनयन दर्ता गर्न लागेको कांग्रेस सुनसरीले जनाएको छ । निर्वाचन क्षेत्र नम्वर २ बाट पूर्व सांसद सीताराम मेहताले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउने भएकाे छ । प्रदेशसभा ‘क’ बाट हेमकर्ण पौडेल र प्रदेश सभा ‘ख’ बाट जिल्ला सभापति राजिव कोइरालाले मनोनयन गर्दा गराउने कांग्रेस सुनसरीले जनाएको छ । क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि विजयकुमार गच्छदारले मनोनयन गर्दा गराउने भएकाे छ । प्रदेश सभा तर्फ भने टुङगो लागि नसकेको कांग्रेस पार्टी सचिव केदार भण्डारीले बताए। त्यस्तै सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्ने पक्का भएको छ भने प्रदेशसभा ‘क’ को अन्तिम टुङगो लाग्न बाँँकी छ । ‘ख’ बाट भने ताहिर अन्सारीले मनोनयन दर्ता गराउँदै छन् ।उज्यालोअनलाइन