-
Home
-
स्वास्थ्य
-
भारतको कोइला खानीमा विस्फोट, २२ को मृत्यु १००घाइते
भारतको कोइला खानीमा विस्फोट, २२ को मृत्यु १००घाइते
- कार्तिक १६, २०७४
- ब्लाष्ट खबर
काठमाडौं/भारतको उत्तर प्रदेशस्थित रायबरेलीमा रहेको एक कोइला खानीमा ठूलो विस्फोट भएको छ। विस्फोटमा परी हालसम्म कम्तिमा २२ जना कामदारको मृत्यु भएको बताइएको छ। अन्य १०० जना व्यक्ति घाइते भएको बिबिसीले जनाएको छ।
भारतको राष्ट्रिय थर्मल पावर कर्पोरेशनले बताए अनुसार घटना भएको समयमा त्यहाँ करीब साँढे पाँच सय कामदारहरू कार्यरत थिए। उत्तर प्रदेशका प्रहरी प्रमुखका आनन्द कुमारका अनुसार प्रारम्भिक अनुसन्धानले कोइला भट्टीमा अत्यधिक चाप बढेको हुनाले विस्फोट भएको हुन सक्ने अनुमान गरेको छ।
प्रत्यक्षदर्शीका अनुसार एक्कासी ठूलो विस्फोट सुनिएको र धुँवाको मुस्लोले कोइला खानी ढाकेको मात्र देखेको बताएका छन्। घटनापछि उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई शीघ्र क्षतिपूर्ति दिइने बताएका छन्।