[caption id="attachment_58828" align="alignnone" width="800"] ????????????????????????????????????[/caption]

पाँचथर । संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक कुमार राईले संघीय समाजवादी रक्तपात बिनाको युद्धमा रहेको बताए । आइतबार फिदिममा पत्रकारहरु सँग बोल्दै नेता राईले पहिचान सहितको संघीयता स्थापनाका लागि संघीय समाजवादी फोरम नेपालले युद्ध लड्नु परिरहेको बताए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनको बिषयमा जिल्ला स्थित पार्टीका नेता–कार्यकर्ता सँग भेटघाट र अन्तरक्रिया गर्न नेता राई फिदिम आइपुगेका हुन् । सो अवसरमा उनले सम्पूर्ण शक्ति निर्वाचनमा खर्चेर पार्टीका उम्मेद्वारलाई बिजयी बनाउँन नेता–कार्यकर्तालाई निर्देशन दिए ।

नेता राईले संघीय समाजवादी काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आबद्ध नरहेको समेत स्पष्ट पारे । ‘गठबन्धन गर्ने कुरा काँग्रेसले मानेन’ नेता राईले भने ‘तर पनि हामीले केही ठाउँमा काँग्रेस सँग चुनावी तालमेल गर्ने सहमति गरेका छौं ।’ प्रदेश २ मा भने राजपा सँग समाजवादीले गठबन्धन गरेको बताए ।

बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबै समग्र राष्ट्रको हित भन्दा पनि कसले बढी सिट संख्या जित्ने भन्ने उदेस्यबाट प्रेरित रहेको आरोप लगाए । त्यसैले दुबै गठबन्धनबाट शोषित, पीडित जनताको मुक्ति र राष्ट्रको हित सम्भव नभएको भन्दै उनले आफ्नो पार्टीले दुई तिहाइ मत ल्याए संविधानका गल्तिहरुलाई सच्याउँने दाबी गरे ।