नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीको चाम बढ्दो छ । शैक्षिक ज्ञान आर्जन गर्नुका साथै व्यवसायिकताको खोजीमा अष्ट्रेलिया जाने विद्यार्थीहरु चाप बढीरहँदा त्यहाँ जाने विद्यार्थीको भविष्य कस्तो छ ? कुन प्रकृयाबाट जाने ? यस्तो जानकारी गराउनका लागि इटहरीको दुर्गा पार्टी प्यालेससमा आगामी सोमबार एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसले निःशुल्क सेमिनारको आयोजना गर्दैछ । सोही सेमिनारका बारेमा एक्पोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका अष्ट्रेलियास्थित अप्रेसन म्यानेजर भूवन पाण्डेसँग गरिएको कुराकानीको सम्पादीत अंशः– तपाईको कन्सल्टेन्सीले के के काम गर्छ ? –     म विगत १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएछु । विगत ८ वर्षदेखि म एक्पोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज इटहरी शाखाको डाइरेक्टर छु । हाम्रो संस्थाले नेपालसहित विभिन्न देशबाट विद्यार्थीहरु अष्ट्रेलिया लैजानका लागि परामर्शको काम गर्छाैं । विद्यार्थीलाई उच्च शिक्षा दिनका लागि भिसा लागि सके पछि अष्ट्रेलियामा परामर्शको काम पनि गर्ने गछौं । तपाईको कन्सल्टेन्सीबाट वार्षिक कति विद्यार्थी अष्ट्रेलिाया जाने गर्दछन् ? –     हाम्रो कन्सल्टेन्सीबाट नेपालबाट मात्रै वार्षिक एक हजार पाँच सय विद्यार्थी अष्ट्रेलिया जाने गर्दछन् । यो वर्ष त्यो संख्या वृद्धी भएको छ । त्यस बाहेक भारत, हङकङ, वगंलादेश, नाइजेरिया लगायतका देशबाट पनि हाम्रो कन्सल्टेन्सी मार्फत विद्यार्थीहरु शिक्षा आर्जनको लागि अष्ट्रेलिया जाने गर्दछन् । इटहरीमा आयोजना गरिएको सेमिनारबाट विद्यार्थीहरुले के पाउँछन् ? –     विशेष गरी यस्ता सेमिनारहरुबाट विद्यार्थीहरुलाई शैक्षिक ज्ञान दिने हो । त्यसमा पनि हाम्रो कन्सल्टेन्सीले दिने सुविधाका बारेमा जानकारी छौं । हाम्रो कन्सल्टेन्सी नेपालको ११ स्थान, अष्ट्रेलिायको ७ स्थान र भारत, हङकङ, वंगलादेशमा पनि शाखा भएको संस्था हो । हाम्रो संस्था हरेक ठाउँमा उपलब्ध छ । अष्ट्रेलियामा गएर पनि कुनै पनि विद्यार्थीलाई अप्ठ्यारो पर्दैन । किन भने त्यहाँ हाम्रो उपस्थिती हुनेछ । त्यसको साथै सेमिनारमा हामीले अष्ट्रेलियाजानका लागि के के प्रकृया पुरा गर्नु पर्छ । कसरी राम्रो शिक्षा आर्जन गर्न सकिन्छ । भिसा प्रकृया कसरी गर्ने लगायतका कुरामा जानकारी दिन्छौं । अष्ट्रेलिया जाने विद्यार्थीको भविष्य कति सुरक्षित छ ? –     हरेक ठाउँमा चुनौति र सफलता दुवै हुन्छन् । अष्ट्रेलियामा गएर उच्च शिक्षा हाँसिल गर्दै गर्दा नानीहरुको भविष्य पनि सुरक्षित गर्न जरुरी छ । त्यो सबै कुरा अभिभावकले जानेका हुँदैनन् । हामी नानीहरुको भविष्य सुरक्षित गर्न गाईडको काम गर्ने गर्छौ । अष्ट्रेलियामा स्थायी वसोवासको कागजात मिलाउने सम्मको सहयोग गरिदिने छौं । कस्ता विद्यार्थीलाई अष्ट्रेलिया लैजानु हुन्छ ? –     हामीले शैक्षिक योग्यताको कुरा पनि हेरिन्छ । अग्रेजी भाषा पनि राम्रो हुन जरुरी छ ।  आफ्नो भविष्य बनाउन चाहने र आर्थिक पक्ष पनि केही हदसम्म सवल भएका विद्यार्थी र कम्तीमा प्लस टु पास गरेका विद्यार्थीलाई हामीले प्रकृयामा लैजाने गर्दछौं । अष्ट्रेलिया पठाउन अन्य कन्सल्टेन्सी पनि छन् । तपाईहरुले दिने फरक सुविधा के छ ? –     हामी भनेको विश्वका विभिन्न स्थानमा शाखा भएको संस्था हो । विद्यार्थीले अष्ट्रेलिया जाने मानसिकता बनाउनेदेखि दिएर सम्पूर्ण प्रकृयामा र यहाँ पुगेर पढाई सके पछि स्थायी बसोबासको लागि पनि हामीले सहयोग गर्छौ । त्यो सँगै हाम्रो कन्सल्टेन्सीमा अहिले सम्म सत् प्रतिशत भिसाको ग्यारेन्टी पनि छ । भिसा लगाउँदा पनि हामीले विद्यार्थीलाई सहयोग गछौं । अभिभावकले ढुक्कका साथ नानीलाई हाम्रो जिम्मा लगाउने सक्नु हुनेछ । त्यो जानकारी लिनका लागि पनि सोमबार हुने सेमिनारमा तपाई आफ्ना नानी लिएर सहभागी हुन अनुरोध गर्दछु । तपाईको शैक्षिक संस्थाले थप के काम गर्दैछ ? –     शैक्षिक परामर्श एउटा पाटो भयो भने हामीले सामाजिक क्षेत्रमा पनि सहभागी हुने गरेका छौं । नेपाल र अष्ट्रेलियामा समन्वय भएको एक्पोर्ट फाउण्डेशन मार्फत नेपालमा सामाजिक गतिविधि गर्दै आएका छौं । भूकम्पबाट क्षति भएको सिन्धुपाल्चोकमा एक विद्यालय समेत निर्माण गर्दैछौं । त्यसमा हाम्रो पुरै टीम सहभागी छ । त्यसको साथै हामी आफैंले आर्थिक सहभागिता जनाएर नेपालमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पढाउने पनि काम गर्छौ । गत साउनमा नेपालमा भएको बाढीबाट पिडित भएकहरुलाई पनि सहयोग गरेका छौं ।