पथरी/ मोरङको रंगेली नगरपालिका बडा नम्बर ७ का नविन गिरीले घरबारी सबै बेच्दा पनि छोरीको थप उपचारमा समस्या भएको छ ।
नविन अहिले आफ्नो छोरीलाई कसरी उपचार गर्ने भन्नेबारेमा अहिले चिन्तित छन । २०७२ सालमा जन्मेका छोरी निमिसा गिरी चार महिनाको हुँदा शरीर कमजोरी हुदै गएका थिए । उनी पछि–पछि उभिन समेत सक्दैनन् थियो । गाउँका धेरैले जन्डिस भएको हो भने पछि गिरीले उपचारका लागि बिराटनगर नोवेल अस्पताल लगेको थियो । नोबेलमा बल्ड बनाउने वनमेरो र थेल्सिमिया छैन । नोबेलका चिकित्सकहरुले निमिसाको शरिरमा ब्लड नबन्ने गिरी परिवारलाई बताएका थिए । त्यस बेला परिवारमा कालो बादल लागे झैँ भयो, मन थाम्न सकिएन गह भरी आँसु झारर्दै नविनले दुख पोखेका थिए । निमिसालाई प्रत्येक महिनामा ‘बि’ पोजेटिप बल्ड लगाउनु पर्ने हुन्छ । रगतको लागि रेडक्रस सोसाईटि ब्लड बैकमा रगत भएता पनि किन्न पाईदैन, उक्त रगत लिए पछि पैसाको साटो सोहि ग्रुपको रगत दिनु पर्ने हुन्छ । अहिलेसम्म साथीभाइहरुले रगत दिइरहेको गिरी बताउँछन् ।
उनिहरुले छोरीको उपचारको लागि बिराटनगर स्थित नोवेल अस्पताल, काठमाडौको कान्ति बाल अस्पताल,काठमाडौ कै सिविल अस्पताल, अल्का अस्पताल समेत उपचार गर्ने लगिसकेका छन् । नविनले छोरीको उपचारका लागि ११ कठ्ठा जग्गा समेत बिक्री गरिसकेका छन । परिवार बस्दै आएको पक्कि घरमा समेत ५ लाख रुपैयामा धितो राखेर उपचारका लागि उपचारमा खर्च गरिकेको नविनले बताए । खेति र घर सबै बेचबिखन र धितोमा राखेर छोरीको उपचार गरिसकेकोले थप उपचारमा आर्थिक समस्या भएको बिरामीको आमा यसोदा गिरि बताउँछिन् ।
कति दिन सम्म अर्कोको भरमा रगत संकल्न गर्नु । प्रत्येक महिना रगत हाल्दा १५ हजार देखि २० हजार रुपैयाँ सम्म खर्च हुन्छ । डाक्टरका अनुसार बनमेरो अर्को हाल्दा १५ लाख देखि २० लाख रुपैयाँ सम्म खर्च पर्ने भएको हुनाले आफुसँग भएको खेतबारी र आफु बस्ने घर समेत बिक्री गरिसकेको हुनाले अब कसरी छोरीको उपचार कसरी गर्नु पनेर्, गिरी परिवार चिन्तीत छिन् ।