विर्तामोड । झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदशनकारीको मुत्यु भएको छ । मृत्यु हुने अर्जुनधारा–११ का ३० वर्षिय नरेश थापा र गम्भिर घाइते माइनगरपालिका १ इलामका ३५ वर्षिय मणि नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीसँगको झण्डपमा परी सात जना प्रर्दशनकारी र २५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र वस्नेतले बताए । प्रर्दशनकारीको आक्रमणवाट शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरका एसपी रमेश सुवेदीको टाउकोमा चोट लागेको वस्नेतले जनाए । घाइतेको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षिय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । अहिले बिर्तामोड क्षेत्रमा कफ्र्यू लागेको छ ।