शनिश्चरे/  मोरङको पथरीशनिश्चरे नगरपालिका ६ स्थित ईश्वर भट्टराईको घरबाट प्रहरीले शुक्रबार विहान १ लाख बढी नगरदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा तिहारदेखि जूवा खेलिरहेका उनीहरुलाई विहान ३ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवाको खालबाट नगद १ लाख २० हजार ५ सय तथा १७ थान कौडा समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी चौकी अमरदह तथा इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।