एजेन्सी/ धर्मगुरुको भेष धरी कामलीला गर्ने स्वामीहरूको कर्तूत आजकल भटाभट सार्वनजिक भइरहेका छन् । भारतको कर्नाटकमा एक कथित स्वामीको आपत्तिजनक अवस्थाको भिडियो सार्वजनिक भएको छ ।
समाचारहरूमा आएअनुसार, स्वामीले मठभित्रै एक महिलासँग सम्बन्ध बनाइरहेका थिए । त्यहाँ उपस्थित कुनै एक मानिसले यसको भिडियो बनाएर लीक गरिदिएको थियो । स्वामीको नाम नन्जेश्वर हो र उससँग भएकी महिला एक अभिनेत्री हुन् । भिडियो कहिले खिचिएको थाहा हुन सकेको छैन तर यस मामिलामा आरोपित स्वामीलाई प्रहरीले पक्राउ गरेको छ । दयानन्द उर्फ नन्जेश्वर स्वामीले मठलाई दिइएको जमीनको दुरुपयोग गरेको समेत आरोप छ । यी स्वामीको नाम यसअघि पनि महिलाहरूसँग जोडिएकाृ बताइएको छ । नन्जेश्वर स्वामी पर्वतराज शिवाचार्यका छोरा हुन् । शिवाचार्य चाहिँ कर्नाटकको मदेवनपुरा मठका अध्यक्ष हुन् । सन् २०११ मा नन्जेश्वर स्वामी दयानन्द मठका अध्यक्ष बन्न चाहन्थे तर यसका लागि समर्थन पाएनन् ।