पथरी/ लिङ्देन नेतृत्वको मञ्च लगायतको सात पहिचानवादी संगठनको तालमेल नहुने भएको छ । संघीय लोकतान्त्रिक मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपा पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) लगायतको सातवटा पार्टीहरुको एकता, एकता नभए चुनावी गठबन्धनको लामो छलफल चलेपनि तालमेल नहुने भएको हो ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पार्टीको नाम र चुनाव चिन्ह घर, त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)की अध्यक्ष रुकमिनी थारुले चुनाव चिन्ह घैला छाड्न नमानेपछि तालमेल नुहने भएको बुझिएको छ । नेपा पार्टीको चुनाव चिन्ह खड्ग लिएर संघीय पार्टी नेपाल नामराखेर एकताको लागि छलफल भएको थियो । छलफलमा रहेका छ वटा पार्टी आफ्नै संगठनबाट निर्वाचनमा जाने भएका छन् ।
पार्टी एकताको छलफलमा सहभागि खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रामकुमार राई(आर.के.खम्बू) राष्ट्रिय जनता पार्टी(राजपा)बाट समानुपातिक सूचीमा मनोनयन दर्ता भइसकेका छन । मोर्चाले संविधानसभा दोस्रो निर्वाचनमा समानुपातिकबाट एक सिट जितेर अध्यक्ष खम्बू सभासद बनेका थिए ।