विराटनगर/ विराटनगरमा रहेकोे मोरङ कारागारमा तीन महिनाको अवधिमा ९ जना कैदीवन्दीको मृत्यु भएको छ । साउन यता तीन महिनाको अवधिमा विभिन्न रोगका कारण मृत्यु भएको हो । जेल प्रशासनको अनुसार कैदीबन्दीको मृत्युदर अहिलेसम्मकै धेरै भएको हो । कारगारमा अहिलेपनि विभिन्न रोगवाट तीन दर्जन कैदीवन्दी विरामी परेका छन् । कारगारका इन्चार्ज प्रमप्रसाद सापकोटाका अनुसार साउनमहिना यता विभिन्न रोगवाट थलिएका कैदी वन्दीको उपचारको क्रममा मृत्यु भएको बताए । जसमा मृत्यु हुने कैदी वन्दीहरुमा २६ वर्षदेखि ६३ वर्ष उमेर समुहका रहेको कारागार प्रशासनले जनाएको छ ।
विरामी परी मृत्यु हुनेहरु सबै पुरुष रहेकोे छ । सबैभन्दा बढी लागु औषध दुव्र्यसानीमा सजय भोगिरहेका कैदीकोे मृत्यु हो । बुधबार मात्र मोरङ कारागारका दुईजना कैदीको मृत्यु भएको छ । एकहप्ता देखि श्वासप्रस्वास र फोक्सोको समस्यावाट पीडित भएका भारत जलपाईगुढीका प्रकास कटुवाल र विराटनगर – ८ का महादेव साहकोे उपचारका क्रममा कोशी अञ्चल अस्पालमा मुत्यु भएको हो । कारागार प्रशासनका अनुसार कटुवाल मानव वेचविखन कैद भुक्तान गदै थिए भने साह लागु औषध कारोवारमा कैद सजाय भोगीरहेका थिए ।
अपराध गरि सजाय भुक्तान गर्दै आएको जिल्ला कारागार मोरङमा झाडापखाला महामारीका रुपमा फैलिएको छ ।कारागारको क्षमता भन्दा बढी कैदीवन्दी राखिएको कारागारमा ३६ जना झाडापखालाका बिरामी भइसकेको कारागार प्रशासनले जनाएको छ ।बिरामीमध्ये ५ जना विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल र ४ को नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । चार जनालाई काठमाण्डौ र भरतपुर उपचारका लागि पठाइएको सापकोटाले जानकारी दिए ।
उनका अनुसार थप १२ जनालाईपनि उपचारका लागि काठमाण्डौ पठाउने तयारी भई रहेको छ । बाँकी कारागारभित्रै उपचारत रहेको बताइएको छ । कारागारभित्र क्षमता भन्दा बढी कैदीबन्दीको भिड भएकाले पखालाको सङ्क्रमण फैलिएको अस्पतालका इमर्जेन्सी वार्डका इन्चार्ज रघुनन्दन अधिकारीका जानकारी दिए । यसबाहेक कतिपयलाई तनावका कारणले पनि पखाला लाग्न सक्ने उनले बताए । चार दिनदेखि कारागारबाट पखालाका बिरामी आइरहेको इन्चार्ज अधिकारीले जानकारी दिए । कारागार २ सय ५० जनाका लागि २०४५ सालमा निर्माण गरिएको थियो । हाल कारागारमा ७ सय जना राखिएको छ । सात सय कैदीवन्दीका लागि ९ वटा मात्र शौचालय छन् ।
कारागारभित्र सुत्ने ठाउँ नपुगेर राति पालैपालो सुत्नुपर्ने बाध्यता भएको कैदीहरूको गुनासो छ । इन्चार्ज अधिकारीले केही वन्दीमा श्वासप्रश्वासको पनि समस्या देखिएको उल्लेख गर्दै यसको कारण पनि धेरै भीडबाट उत्पत्र हुने प्रदूषणलगायतका समस्या रहेको जानकारी दिए ।