काठमाडौं/ सरकारले लामो समयसम्म पनि प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन ।
खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको अस्थायी राजधानीतोक्न सकेको छैन । सरकारले अस्थायी राजधानी नतोक्दा अन्योल बढेको छ ।जनतामा अन्योल बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको राजधानी तोक्न नसकिने बताएका छन् ।
धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग देउवाले निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने बताएका छन् ।प्रधानमन्त्री देउवाले विभिन्न परिस्थितीका कारण निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने जानकारी गराएका हुन् । देउवाले भने, ‘निर्वाचनअघि प्रदेशको अस्थायी राजधानी तोक्ने अवस्था छैन ।’
इमेजखबर