भद्रपुर । बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई भद्रपुरबाट पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले झापा भद्रपुर नगरपालिका ५का २० बर्षिय रोशन माझीलाई सोमबार दिउँसो घरबाटै पक्राउ गरेको हो । गत कार्तिक ४ गते भाईटीकाको दिन माझीले छिमेकी ६ बर्षिया बालिकालाई जबरजस्ती बलात्कार गरेको पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरी दिएको जानकारी अनुसार माझीले बालिकालाई घरबाटै घुमाउन लान्छु भनेर लगको तर, घुमाउने मौका छोपी भद्रपुरको नयाँ बजारस्थित चिया बगानमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घरमा कसैलाई भने छुरा घोपेर मारिदिने धम्की दिएपछि बालिकाले दुई दिन सम्म घरमा कसैलाई केही जानकारी नगराएको प्रहरीको अनुसन्धानले देखाएको छ । सोमबार विहान छोरीको खुट्टामा आमाले रगत देखेपछि सोधपुछ गर्ने क्रममा बलात्कार भएको घटना सार्वजनिक भएपछि पीडितपक्ष प्रहरी समक्ष आइपुगेको वडाका सई देवराज शर्माले जानकारी दिए । प्रहरीलाई जानकारी आउनसाथ माझीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको सई शर्माले जानकारी दिए ।