धरान/धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले ८ सदस्यि सल्लाहाकार समिती गठन गरेका छन् । धरान उपमहानगरपालीकाको समग्र बिकासका योजनाहरु निर्माण र कार्यान्वयनका लागि आवश्यक सल्लाह लिन समिती गठन गरिएको हो । समितिमा धरान उपमहानगरपालीकाका पुर्व मेयर मनोजकुमार मेन्याङबो,शंकरप्रसाद घिमिरे,कृष्णकुमार अगूवाल,तुलसी प्रसाद वस्ती,प्राडा भिम खतिवडा,सरोज श्रेष्ठ,मोहनकाजी शाक्य र हरिप्रसाद दाहाल रहेका छन् । त्यसैगरि धरान उपमहानगरपालीकाले धरान प्रज्ञा प्रतिष्ठान पनि गठन गरेको छ ।प्रतिष्ठानको संयोजकमा अम्बिका सम्वााम्फे र सह संयोजकमा डा. भोला पोख्रेल रहेका छन् । सदस्यहरुमा धरान १३ का वडा सदस्य सुरेश श्रेष्ठ,विनोद श्रेष्ठ,गोपाल देवान, र सदस्य सचिवमा हर्कजीत लिम्बु रहेका छन् ।

समितीका तिन जना सदस्य पछि तोक्ने गरि समिती गठन गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।प्रतिष्ठानले उपमहानगरपालीकामा कला,संस्कृती,साहित्य लगाएतका सम्बन्धित बिधाको योजना निर्माण र कार्यान्यन गर्ने बताइएको छ ।त्यस्तै उपमहानगरपालीकाको कर्मचारी संगठन तथा व्यवस्थापन अध्ययन समिती पनि गठन भएको छ । समितीको संयोजकमा नगर प्रमुख तारा सुब्बा रहेका छन् भने उप प्रमुख सदस्य,सार्वजनिक सेवा तथा क्षमता विकास समितीको संयोजक सदस्य,कार्यकारी अधिकृत सदस्य र सामान्य प्रशासन महाशाखाका प्रमुख सदस्य सचिव रहने गरि समिती गठन भएको हो ।