तेह्रथुम/छथर गाउँपालिका ६ मा रहेको नवज्योती सामुदायिक बिकास बहुउदेश्य सहकारी संस्थाका शेयर सदस्यलाई आकस्मीक राहात प्रदान गरीएको छ ।
सस्थाका सेयर सदस्य सनमान मादेनको मृत्यृ भएकाले निजको घरमै पुगी संस्थाका अनुगमन तथा मुल्याङकन समितीका सदस्य मान बहादुर आंखेवाले नगद ५ हजार प्रदान गरेका थिए । संस्थाले आकस्मीक राहातको स्थापना गरी शेयर सदस्यहरुको मृत्यृ भएका परिवारलाई राहात प्रदान गर्दै आएको कमान सिंह आंखेवाले बताए । अहिले सम्म ११ जनालाई राहात प्रदान गरी सकेको संस्थाले जनाएको छ ।
२०६४ सालमा स्थापना भएको सहकारी संस्थामा ५ सय ५० जना शेयर सदस्य रहेको छन ।