तरहरा/ विगतका वर्षहरूमा यतिबेला बगैचामा सयपत्री तथा मखमली फूलले ढकमक्क हुन्थे तर यो वर्ष भने सयपत्री फुल अधिकांसको बगौचामा फुलेको छैन । योे वर्ष अधिकांसका घर तथा बगैचामा सयपत्री फूल नफुल्दा दिदि बहिनिहरु निराश भएका छन । यो वर्ष तिहार छिटो परेकाले गाउँघरमै फुल्ने फूलहरु फक्रिएका छैनन् ।
भाईटिकाको दिन चाहिनेभन्दा त्यसअघि सजाउनका लागि पनि फुल आवश्यक पर्ने भए पनि अधिकांसको बारीमा फुल नफुल्दा तिहार खल्लो हुने उपभोक्ताहरुले वताएका छन । यस वर्ष सुनसरीमा मात्र नभई अधिकांस ठाउँमा प्रर्याप्त फुल फुलेको छैन । फूल फुल्न त के हरिया नै छ पक्रिएको समेत छैन इटहरी २० तरहराकी उर्मिला वस्नेतले भनिन् । यो वर्षत अचम्मै भयो खै एक माला पनि नहुने भयो । घरवरीपरी लगाएको फूल नफुलेको कारण यो वर्षको तिहार खल्लो भएको वताउँछिन इटहरी १९ तरहराकी यसोदा वन । यो वर्ष आफ्नो तिन दाजुभाईलाई लगाउँने माला समेत नभएको कारण समस्या भएको उनको भनाई छ । फूल हिरयो नै छ अहिले सम्म तिहारमा माला अभाब हुने पक्का भयो उनले थपिन् । केहि वर्ष यता सयपत्री फूलको अभाब खड्केको उनको भनाई थियो । यता जिल्ला कृषि कार्यलय सुनसरीका प्रमुख राजकान्त झाले यो वर्ष तिहार छिटो भएको कारण फूल नफुलेको वताए । आवश्यक पर्ने समयमा फूल नफुल्दा पुष्प ब्यावसायी तथा अन्य चेलीबेटीहरुमा समेत नैरश्यता छाएको उनको तर्क छ । खै ३ वर्ष अगाडी राम्ररी फूल फुले पनि दुई वर्ष यता सुनसरीका अधिकांस ठाउँमा फूलको अभाव भईरहेको उनको भनाई थियो ।
सयपत्रीको कृतिम अभाव केही वर्षअघिसम्म गाउँका घर सयपत्री र मखमली फूलका मालाले ढकमक्क हुन्थे। झ्यालढोका सबैतिर सयपत्री फूलका माला बनाएर लगाउने चलन थियो तर त्यो अहिले एकादेशको कथाजस्तै भएको छ । फुल ब्यापारी र केहिलाई मात्र फूल नफुलेपछि चिन्ता छ । तिहार आउन साता दिन पनि छैन । फूलले अझै थुंगा देखाएको छैन । गाईलाई पूजा गर्ने थुंगो पनि फुलेको छैन । अधिकांसको आगनमा फूल फुलेका छैनन् । सुनसरीको तरहरा क्षेत्रमा अधिल्ला बर्षतिर धेरै फूल फूल्थ्यो तर अहिले फूल फुलेकै छैन हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिका सचिव सुमन दाहालले भने । अघिल्लो वर्ष सामादायिक वनमा समेत फुल धेरै फुलेको थियो या वर्ष फुलेन उनले भन ।
फूलमा पनि भारतकै भर नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्षझै यस वर्ष पनि भारतीय फूलले बजार धान्ने भएको छ । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने भएकाले भारतको कोलकाता र सिलगढीबाट फूल आयात गरीन थालेको ब्यापारीहरुले वताएका छन ।