-
Home
-
राशिफल
-
एनआरएनए चुनाव आज, अाजै नतिजा सार्वजनिक हुने
एनआरएनए चुनाव आज, अाजै नतिजा सार्वजनिक हुने
- असोज ३०, २०७४
- ब्लाष्ट खबर
गैरआवासीय नेपाली संघ(एनआरएनए)को काठमाडौँमा जारी आठौं विश्व सम्मलेमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। बौद्ध स्थित ह्यात रिजेन्सीमा बिहान ९ बजेबाट सुरु हुने चुनावी प्रक्रियामा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्नेछन्।
अध्यक्ष पदमा जमुना गुरुङ , भवन भट्ट र टीबी कार्कीले उम्मेवादरी दिने घोषणा गरिसकेका छन्। अध्यक्षमा तीन जनाको उम्मेदवारी परे पनि भट्ट र गुरुङबीच नै द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, चिरञ्जीवी थापा र खगेन्द्र जीसीले उम्मेदवारी दर्ता गरेका छन्। अधिकांश पदमा चुनाव हुने अनुमान छ। त्यस्तै महासचिवमा त्रिलोक गुरुङले उम्मेदवारी दिने बताइएको छ। चुनावको अन्तिम परिणाम आजै साँझ ६ बजे घोषणा हुने तालिका छ।
नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदै गर्दा संघको नेतृत्व कसको हातमा जाने हो भन्ने सर्वत्र चासो बढेको छ। कसको हातमा पर्ला त एनआरएनएको नेतृत्व रु यसको अनुमान गर्नुभन्दा पहिले अध्यक्षमा मुख्य दावेदार रहेका भट्ट र गुरुबारे केही विश्लेषण गर्नुपर्ने हुन्छ ।
भट्ट यसअघि संघमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्ष निर्वा्चित भएर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन्। उता अस्ट्रेलियाका दुई सय धनीहरुको सूचीमा परेकी गुरुङ वर्तमान अध्यक्ष शेष घलेकी श्रीमति हुन्। संघमा भने उनी नेतृत्व तहमा रहेर काम गरेकी छैनन्। उनले साधरण सदस्य भएर काम गर्न थालेको चार बर्ष जति मात्रै भएको छ।
त्यसको भए कसले जित्ला त अध्यक्ष पद ?
लामो समय नेतृत्वमा रहेकाले भट्टको सदस्यहरुसँग अन्तरक्रिया बढी हुनु स्वभाविक हो। यदि एनआरएनहरुले संघमा बढी क्रियाशिल भएको आधारमा भोट हाले भने भट्टको जित्ने सम्भावना बलियो देखिन्छ। तर, त्यही आधारमा मात्रै भोट हालिन्छ भन्ने छैन्।
संघमा धेरै समय काम नगरेकी भए पनि गुरुङको समाजसेवीको छबि छ। उनको यही छविले धेरै मतदातालाई प्रभावित पार्ने पनि देखिन्छ। वर्तमान अध्यक्ष घले प्रति सहानुभूति राख्नेहरुको मत पनि उनले तान्ने सम्भावना रहन्छ। त्यस्तै महिला र जनजाती फ्याक्टरले पनि चुनावमा काम गर्ने सम्भावना छ। यसरी हेर्दा अध्यक्षमा गुरुङको पनि सम्भावना बलियो छ।
अतह कसलाई जिताउने भन्ने जिम्मा एनआरएन मतदाताको हातमा छ। परिणामको लागि धेरै कुर्नु पर्ने अवस्था पनि छैन्।
नेपालखबर