भद्रपुर । प्रहरी कर्मचारीलाइ आवासको समस्यालाइ मध्यनजर गरि करिब ६ लाख मूल्य बरावरको लागतमा नवनिर्मत एक कोठे जुनियर प्रहरी अधिकृतको भवन उद्घाटन गरिएको छ । झापाको भद्रपुर नगरपालिका ५ मेची नदी किनारमा रहेको वडा प्रहरी कार्यालय परिसरमा निर्मित भवनलाइ जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले आइतवार विहान एक कार्यक्रमको विच उद्घाटन गरेका हुन् ।
भद्रपुर नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा शान्ति, सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीलाईआवासको समस्या परिरहेको अवस्थामा स्थानीयबासी,भद्रपुर नगरपालिका,प्रहरी कर्मचारी लगायतको सहयोगमा भवन निर्माण गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर कुलप्रसाद चौधरीले बताए । कार्यक्रममा प्रहरीले अघिसारेको चोरी नियन्त्रण अभियानमा चोर पक्राउ गर्न सफल भएका हवल्दार सन्तोष मेहता र जवान मनिष ढुङगेललाइ सम्मान पत्रसहित नगदले पुरस्कृत गरिएको थियो । प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएको प्रहरीको लामो दौड प्रतियोगितामा प्रथम,द्धतिय र त्रितिय हुने क्रमश गोविन्द कटुवाल,रोशन भण्डारी र अमित सुर्खेतीलाइ समेत पुरस्कृत गरिएको थियो । त्यसैगरि विभिन्न प्रकारका अपराध, अनुसन्धान लगायतका क्षेत्रमा सहयोग पुरयाएको भन्दै सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शिला खड्काको सभापतित्व तथा एसपी केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योगी, व्यवसायी,संघसंस्था,निर्वाचित जनप्रतिनिधि ,पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा भद्रपुरनगरपालिका मेयर जीवन कुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ लगायतले बोलेका थिए ।