भद्रपुर। नेपाल–भारतको सीमावर्ती क्षेत्रमा चोरीका घटना बढेसँगै प्रहरीको सक्रियतामा धमाधम चोर पक्राउ पर्न थालेका छन् । तीन जना पक्राउ परेको एक साता नबित्दै भारतीय प्रहरीले थप दुईजना चोरलाई शुक्रवार राती गलगलिया सीमावर्ती क्षेत्रबाट पक्राउ परेपछि प्रहरीको सक्रियता देखिएको हो ।
भारतीय प्रहरीले भद्रपुर नगरपालिकाका २० बर्षिय अजय पासवान र दार्जिलिङ जिल्ला सिलगुढीका २२ बर्षिय नन्द तिर्की लाइ पक्राउ गरिएको गलगलिया प्रहरीका थानाध्यक्ष अरविंद कुमारले बताए । उनीहरुको साथबाट प्रहरीले एउटा स्कूटीसहित ५ थान मोबाइल बरामद गरेको छ । बंगलाबाट विहारतर्फ आइरहेको अवस्थामा चेक पोष्टमा गरेको चेकजाँचको क्रममा स्कुटीमा सवार उनीहरुलाई प्रहरीले रोक्न खोज्दा भागेपछि प्रहरीले पिछा गरेर पक्राउ गरेको थानाध्यक्ष कुमारले जानकारी दिए । दुवै जनालाई चोरी सम्बन्धी मुद्धा दर्ता गराई किशनगञ्ज कारागार पठाइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यत्ति यसअघि पनि चोरीका घटनामा पक्राउ परिसकेको भारतीय प्रहरीको अनुसंन्धानबाट खुलेको छ ।
चोरीका घट्नामा बृद्धि भएसगै दुवै देशका प्रहरीले सीमाक्षेत्रमा सक्रियता बढाएका कारण नेपाल प्रहरीले दुई र भारतीय प्रहरीले एक गरी चोरी गिरोहमा आवद्ध तीन जनालाई यसअघि पक्राउ गरिसकेको छ । यो घटनासंगै सीमावर्ती क्षेत्रबाट अहिले सम्म पाँचजना चोर प्रहरीको फन्दामा परिसकेका छन् । यसअघि वडा कार्यालय प्रहरी भद्रपुरले भारतको किशनगञ्ज जिल्लास्थित भातगाँउ ग्राम पश्चायत (गलगलिया) निवासी २२ बर्षिय मोहम्मद सद्धाम र २३ बर्षिय संञ्जित सहनीलाई पक्राउ गरेको छ, भने भारतीय प्रहरीले भद्रपुर ३ स्थित आँपगाछी बस्ने २२ बर्षिय पूर्ण विश्वकर्मा भन्ने कान्छालाई पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाईसकेको छ । पक्राउ परेका तीनै जना प्रहरी कार्यालय झापामा राखिएको छ ।