इलाम/ प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा परिचित इलाम सदरमुकामको चियाबारी,भ्यु टावरभन्दा पृथक गन्तव्य बोकेको इलाम सदरमुकामको नजिक रहेर पनि संरक्षण अभावका कारण ओझेलमा परेको भालुढुङ्गाको संरक्षणमा स्थानीय गडिथुम्काका युवाहरु जुट्न थालेका छन् ।

इलामको ओपिधारा हुदैँ चियाबारी भालुढुङ्गा पर्यटन विकास क्षेत्रको विकासका लागि स्थानीय युवाहरु पर्यटन प्रवद्र्धन गरि भालुढुङ्गाको स्तर उन्नतिका लागि एक हप्ताबाट सक्रिय रुपमा लागिपरेका छन् । सदरमुकामबाट चियाबारी हुदैँ एक किलोमिटर दुरीमा अवस्थित भालुढुङ्गा इलाम नगरपालिका छ गडिगाँउमा अवस्थित छ । यस क्षेत्रबाट विभिन्न स्थल इलामको प्रसिद्ध माईपोखरी,जसबिरे,पुवाखोला दृश्यावलोकन गर्न सकिने भएकाले यस क्षेत्रको संरक्षण र प्रचारको जरुरी भएकाले यसको लागि स्थानीय युवाहरु सक्रिय सहभागि भई कार्य गरिरहेका छन् । स्थानीय युवा तथा भालुढुङ्गा क्षेत्र विकास समितिका स्वयंसेवक कपिल कोइरालाले यस करिव १४ हेक्टर क्षेत्रफलमा फैलिएको पुरानो वन रहेकाले युवाहरुले यसको संरक्षणमा समेत जोड दिने बताए । यस्तै यहाँ चिडियाखाना समेत स्थापना गरि पर्यटन प्रवद्र्धन गरि स्थानीय स्तरमा पाइने जीवजन्तुको संक्षण गर्ने बताए । तर आफूहरुले भर्खरै काम सुरु गरेको हुनाले स्रोत तथा साधन अभाव भएको बताए । यस्तै पर्यटन प्रवद्र्धनमा सक्रिय रुपमा लागिपरेका हरि गुरुङ्गले योजना र कामको सुरुवातसगैँ पर्यटकीय स्थलको विकासका लागि सरोकारवाला निकायको समेत महत्वपूर्ण सहयोग हुने अपेक्षा रहेको बताए । इलाममा उत्पादन हुने सामग्री,स्थानीय क्षेत्रको पर्यटनलाई मध्यनजर गरि विश्रामस्थलको रुपमा विस्तार गर्ने साथै यसलाई पिकनिक स्पोर्ट रुपमा विकर्सित गर्ने बताए ।

उनले आन्तरिक तथा वाह्य पर्यटकलाई थप मनोरञ्जनका लागि उपयुक्त गन्तव्य समेत रहेको बताए । भालुढुङ्गाको पर्यटन प्रवद्र्धन गर्न इलाम नगरपालिकाबाट दुई लाख ५० हजार रकम बजेट निकासा भएकाले यसको स्तरउन्नति सुरुवात गरेको बताए । हप्तादिन अगाडि मात्र काम सुरुवात गरेपनि दैनिकजसो दश जना भन्दा बढी युवाहरु खटिरहेको हुनाले अन्य निकायबाट समेत सहयोगको अपेक्षा रहेको बताए । यस्तै मेची पहाडी पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार धौरालीले सदरमुकामको नजिकमा अवस्थित विभिन्न स्थलको दृश्यावलोकन गर्न सकिने यस स्थल ओझेलमा परेपनि स्थानीय युवाको सक्रियताको कदर गर्न मेची पहाडी पर्यटनले समेत सहयोग गर्ने बताए । झापाका मदन तिम्सिनाले इलामको चियाबारीसगैँ नजिकै रहेको यस स्थान प्राकृतिक रुपले सुन्दर र गुफा समेत रहेकाले छुट्टीको समयमा घुम्ने गन्तब्य भएको र यसको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताए ।