इटहरी / इटहरीमा सञ्चालित उज्यालो बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । इटहरी २ नम्वर वार्ड अध्यक्ष हर्कबहादुर मगरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।

दुई सय ४३ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७३/२०७४ मा शेयर पुँजी २८ लाख ५२ हजार र ८८ लाख ४० हजार १ सय ९७ रुपैयाँ ऋण लगानी गरेको संस्थाका अध्यक्ष विश्वनाथ भट्टराईले जानकारी दिए । चालू आर्थिक वर्षमा शेयर सदस्य वृद्धी गर्नुका साथै शेयर सदस्यको मृत्यु राहत १३ हजार रुपैयाँ पुर्याउने दश लाख रुपैयाँ सम्म ऋण लगानी गर्ने जानकारी दिइयो ।

संस्थाका अध्यक्ष विश्वनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड अध्यक्ष हर्क मगर सहित संस्थाका उपाध्यक्ष नवराज नेपाल, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम योगेन्द्र निरौलाले सञ्चालन गरेका थिए ।