लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

लघुवित्तले गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको थियो । गतबर्ष शतप्रतिशत हकप्रद बिक्री गरेको कम्पनीको चुक्तापूँजी २२ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी २४ करोड २० लाख पुग्नेछ ।

मेराेफगानीबाट