विराटनगर/ जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले स्वीकृत बेगार लोमा समयदेखि सञ्चालनमा आएकोे विराटनगरको दुई वटा निजी ल्याब शिलबन्दी गरेको छ ।
विराटनगरको हस्पिटल चौकमा केन्द्रीय कार्यालय रहेको फोकस रिफेन्स डाइग्नोष्टिक सेन्टर प्रा.लि.ले अटेर गरि विराटनगरको कन्चनाबरीमा शाखा विस्तार गरेको ल्याब र विराटनगर – २ तीनपैनी चौकमा दर्ता बेगार सञ्चालन गरेको मनिस ल्याब जनस्वास्थ्य कार्यालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीले आइतबार शिलबन्दी गरेको हो ।
जनस्वास्थ्य कार्यालयले पटक पटक कानुनी प्रक्रिया पुरा गरि सञ्चालन गर्न पत्रचार गर्दा पनि फोकसले तीन वर्षदेखि अटेर गरेर विराटनगरको तीन ठाउँदेखी ल्याब सञ्चालन गर्दै आएको थियो ।
आइतबार अनुगमन टोली आएको थाहा पाएपछि फोकसको पुष्पलाल चौकमा रहेको शाखा कार्यालय भने बन्द गरेरे ल्याबका कर्मचारीहरु फरार भएकोे जनस्वास्थ्य कार्यालय मोरङका शाखा अधिकृत हरी खत्रीले जानकारी दिए । ‘स्वीकृत बेगार सञ्चालन गरेको शाखा बन्द गर्न दुई महिना अघि पत्रचार गरेका थियौ,’ उनले भने, ‘अटेर गरेर सञ्चालन गरेको पाइएकोले अनुगमन टोलीले शिलबन्दी नै गरेका हौं ।’ उनले स्वीकृत बेगार सञ्चालन गरेको अन्य पुष्पलाल चौक र रानीको शाखाहरु पनि क्रमशक बन्द गर्ने बताए । फोकसको स्वीकृत बेगार विराटनगरको कन्चनबारी, रानी र पुष्पलाल चौकमा शाखा कार्यालय खुलेको छ ।
ब्लाष्टले ‘स्वीकृत बेगार फोकसको तीन ठाउँमा शाखा विस्तार’ गरेको समचार प्रकाशित गरेको थियो । सञ्चारमाध्यमा ल्याबहरुको स्वास्थ्य क्षेत्रको वेथीतिको बारेमा समचार आउन थालेपछि जनस्वास्थ्य कर्यालयको नेतृत्वमा अनुगमन टोलिले ल्याबहरुको अनुगमनमा सक्रिय देखाएको छ ।
अनुगमनको क्रममा विराटनगरमा रहेको छितीज ल्याबले हस्पिटल चौक नजिक संकलन केन्द्र राखेको पाइएको छ । ‘स्वास्थ्य प्रयोेगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धि निर्देशिका अनुसार ल्याबसले संकलन कन्द्र राख्न पाउदैन,’ अधिकृत खत्रीले भने छितीजको संकलन केन्द्र ३ तीन भित्र हटाउन चेतवनी दिएका छौं ।’ पुन अनुगमनमा आउँदा भेटिए शिलबन्दी गर्ने उनले बताए ।
त्यस्तै आधा दजर्न ल्याबहरुमा स्वीकृत लिए पनि कसैले वडा पत्र, दररेट नराखेको, त कसैले एउटाको स्वीकृत लिएर अर्को व्यवसाय सञ्चालन गरेको पाइएको थियो । यस्तो गर्नेहरुमा विराटनगरमा रहेको करखा क्लिनीक, रारा मेडिकल फर्मा, दिपा मेडिकल हल र मोनिका फार्मेसी रहेको थियो ।
अनगुमगनमा जनस्वास्थ्य कार्यालय शाखा अधिकृत, ल्याब प्रमुख, वाणिज्य कार्यालय, पब्लिक फोरम, मधेशी उपभोक्ता मञ्चका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।