धरान/धरानको गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औं वार्षिक साधारण सभामा आफ्ना सेयर सदस्यहरुलाई १५ प्रशित बोनस बाड्न सफल भएको छ ।
[caption id="attachment_55226" align="alignnone" width="863"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
शुक्रबार सैनिक भवनका कार्यक्रम गर्दै गोरखाले सेयर सदस्यहरुलाई बोनस वितरण गर्ने निर्णय सार्वजनिक गरेको हो । संस्थाले यो वर्ष ४ दशमलव ८२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भएको अध्यक्ष मानबहादुर राईले प्रगति प्रतिवेदनका क्रममा सार्वजनिक गरे । उनका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा ४ करोड ६४ लाख ७३ हजार रुपैया आर्थिक कारोबार गरेको छ । जस अन्तर्गत मुनाफा तर्फ १ करोड ३५ लाख ९२ हजार ११० रुपैया रहेको बताएको छ ।
संस्थामा यो आर्थिक वर्षमा ५३ जना सेयर सदस्यहरु थपिएको उनले बताए । सभाको उद्घाटन धरान उपमहानगरका प्रमुख तारा सुब्बाले गरे । उनले गोरखाले वित्तीय क्षेत्रमा गरेको प्रगतिको सरहाना गरेका थिए । त्यस्तै जिल्ला सहकारी प्रशिक्षण डिभिजन कार्यालय सुनसरीका प्रशिक्षक योगराज धमलाले पनि संस्थाको आयव्ययहरु चुस्त रहेको बताउँदै धरानमा उत्कृष्ट संस्थाको रुपमा रहेको बताए ।
तस्बिरः ब्लाष्ट÷भोजराज श्रेष्ठ