इटहरी / इटहरीमा लाईफगार्ड तालिम हुने भएो छ । पौडी पोखरीमा सुरक्षाका लागि आवश्यक पर्ने लाईफ गार्ड तालिम आगामी भदौ २१ गतेदेखि शूरु हुने आयोजकले जनाएको छ ।

इटहरीको ओसियन पार्कमा सुनसरी जिल्ला पौडी संघको आयोजनामा सो तालिम सञ्चालन हुने आयोजकले जनाएको छ । सुनसरी जिल्ला पौडी संघका अध्यक्ष डम्बर तामाङका अनुसार तालिममा सहभागी हुने प्रशिक्षार्थीले प्रशिक्षणको समयमा मादक पदार्थ सेवन गर्न पाएदैन भने छारे तथा मुटु रोग लागेका व्यक्तीले पनि प्रशिक्षणमा सहभागी हुन पाउँदैनन् ।

पौडी तालिममा लाइफ गार्ड २५ जना र प्रशिक्षक १५ जनालाई तालीम प्रदान गरिने अध्यक्ष तामाङ्गले बताए । तालिममा सहभागि मध्ये उत्कृष्ट प्रशिक्षार्थीले राष्ट्रिय स्तरको पौडी प्रतियोतामा सहभागी हुन पाउने पनि उनले बताए ।