[caption id="attachment_54539" align="alignnone" width="960"] छैटौं साधरणसभाको समुद्धघाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरवावु श्रेष्ठ र अन्य अतिथिहरु ।[/caption]

धनकुटा/धनकुटाको हिलेमा महिला दिदि वहिनीहरुले मात्र संचालन गरिहेको महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्था लि.ले आ.व.०७३-०७४ मा १ करोड, १४ लाख, ६८ हजार, ५ सय ३४ रुपयाँ वरावरको कारोवार गरेको जनाएको छ ।

संस्थाले सनिवार धनकुटाको हिलेमा छैटौं साधरणसभा आयोजना गरेर आफ्नो शेयर सदस्यहरु र सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुलाई यस्तो जानकारी गराएको हो । जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न छैटौं वार्षिक साधरणसभामा संस्थाका अध्यक्ष पेमाकुमारी लामाले आ.व.०७३/०७४ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

सो अवसरमा संस्थाको तर्फवाट वार्षिक प्रगती प्रतिवेदन प्रश्तुत् गर्दै अध्यक्ष लामाले आ.व.०७३/०७४ मा १ करोड, १४ लाख, ६८ हजार, ५ सय ३४ रुपयाँ वरावरको आयव्याय प्रश्तुत् गरेका हुन । सो अवसरमा उनले ऋण असुली तर्फ ४१ लाख, १६ हजार, ३ सय ७५ रुपयाँ, निक्षेप संकलन ६५ लाख, २७ हजार, ७ सय ११, शेयर विक्रि वापत १ लाख, ६० हजार, २ सय, व्याज अशुलीवाट २ लाख, ४७ हजार, ७ सय ६५, प्रवेश शुल्क ५ हजार २ सय, सोव शुल्क ३८ हजार, २ सय ६० र विविधमा १२ हजार, गत आ।व।को वैंक मौजाद र नगद मौजाद सहित ३ लाख, ६१ हजार, २३ रुपयाँ गरि जम्मा १ करोड, १४ लाख, ६८ हजार, ५ सय ३४ रुपयाँ वरावरको आय सार्वजानिक गरेका हुन् ।

त्यसैगरी व्याय तर्फ खर्च वचत फिर्ता ७४ लाख, ९७ हजार, १ सय २३, ऋण लगानी ३५ लाख, २० हजार, चालु व्याज ७२ हजार, १ सय ८१, तलव भत्ता १ लाख, १७ हजार, ५ सय, घरभाडा २४ हजार, मसलन्द २६ हजार ८० रुपयाँ, साधरणसभा खर्च ३३ हजार, ८ सय १० रुपयाँ र वैंक मौजाद १ लाख, ७७, ३ सय, ४० रुपयाँ रहेको पनि अध्यक्ष लामाले जानकारी गराएका छन् ।  साथै उनले आ.वं.०७३/०७४ मा युवा तथा साना व्यावसायी स्वरोजगार कोषवाट पहिलो किस्ता स्वरुप प्राप्त २५ लाख रुपयाँ पनि असार मसान्त भित्रै लगानी गरि सकेको वताएका छन् । अध्यक्ष लामाले आ.व.०७४/०७५ को लागी ४५ करोड, ५१ लख रुपयाँ अनुमानि आय प्रस्ताव गरेका छन् भने आ.व.०७३/०७४ को यथार्थ आय ३ करोड, १८ लाख, २१ ह्जार, ४ सय ९ रुपयाँ रहेको पनि स्पष्ट पारेका छन् । हाल संस्थामा २ सय २५ महिला शेयर सदस्य आवद्ध रहेको र दैनिक रुपमा सहकारीले २० देखी २५ हजार रुपयाँ निक्षेप संकलन गर्दै आएको पनि जानकारी शेयर सदस्यहरुलाई जानकारी दिइएको छ ।

“सहकारीको अपरिहार्यता, इमान्दारिता र पारदर्शिता” भन्ने मुल नाराको साथ आयोजना गरिएको छैटौं वार्षिक साधरणसभामा कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं।१ क वडाध्यक्ष निरेन तामाङ, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,हिले वजार व्यावस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ तामाङ, जनज्योती वचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष सिताराम श्रेष्ठ, मजदुर वचत तथा ऋण धनकुटा–१ हिलेका अध्यक्ष गणेश थापा, मातृभुमी महिला समाजकी सचिव कृष्ण आचार्य, जनप्रगती वचत तथा ऋण सहकारी संस्था लि। हिलका सचिव चन्द्रकृष्ण ठकुरी, हिले वचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष भिष्म खतिवडा,सहकारी अनुगमन समितिका सदस्य वविता राई, फानिज धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले सहकारीको उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाको तर्फवाट अध्यक्ष पेमा कुमारी लामाले नवनिर्वाचित वडाध्यक्ष निरेन तामाङ, वडा सदस्य फुलमाया वि.क.र संचारकर्मी सर्मिला राईलाई सम्मान पत्र र खदा ओडाएर सम्मान गरेको थिए । कार्यक्रमको संचालन व्यावस्थापक सुनिता लावतीले गरेकी थिईन भने स्वागत मन्तव्य संस्थाका सदस्य कल्पना लिम्वुले राखेकी थिईन ।