धरान /धरानमा आफ्नै छोरी बलात्कार गरि पक्राउ परेका एक ब्यक्तिले इलाका प्रहरी कार्यालय धरानको कष्टडी (हिरासत)मै झुण्डीएर आत्माहत्या गरेका छन् ।

खोटाङ दिप्सुङ घर भई धरान–५ देउरालीमा बस्दै आएका ३३ बर्षिय श्रीधन विश्वकर्माले आईतबार बिहान आत्महत्या गरेका ह्न् । घरमा कोही नभएको मौकामा आफ्नौ १२ बर्षिया छोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उनी बिरुद्ध छोरी र श्रीमतीले जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनलाई जिल्ला अदालत सुनसरीबाट पहिले ५ र दोश्रो पटक ७ दिनको म्याद थपगरि अनुसन्धान गरिरहेको थियो ।प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय धरानको सिसीक्यामेराको फटेज अनुसार श्रीधन विश्वकर्माले आईतबार बिहाने विहान ३ बजेर २० मिनेट जाँदा आत्माहत्या गरेका हुन् उनले आफुले लगाएको सर्टको पासो लगाएको प्रहरीले जनाएको छ ।

सिसि क्यामेराको फुटेज हेर्दा विहान ३ पटक शौचालय पस्दै बाहिर निस्कदै गरेको देखिन्छ । ५७ जना थुनुवा रहेको हिरासतमा उनले आत्माहत्या गरेका हुन् ।

विहान ३ः२० मा अर्का एक जना थुनुवा शौचालय जाँदा श्रीधन झुण्डिएको देखि पछि उनले हल्लाखल्ला गरेका थिए । आत्महत्या गरेका श्रीधनको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।आईतबार नै जिल्ला अदालतमा घटना जानकारी गराएर शब जिम्मा लगाउने प्रहरीको तयारी छ । अनुसन्धान सुरु यसै बिच इलाका प्रहरी कर्याालय धरानले घटनाका बिषयमा हिरासत भित्र रहेका थुनुवा र ड्युटीमा रहेका प्रहरीसँग आबश्यक सोधपुछ सुरु गरेको छ । यो संगै जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि घटनाको बारेमा अनुसन्धान थालेको छ ।सुनसरीका प्रहरी प्रमु्ख एसपी बिद्यानन्द माझिले घटनाको छानबिनका लागि डिएसपीको कमान्डमा टोली बनाउने बताएका छन् ।