धरान/आफ्ना दुई अनुयायी महिलाहरु माथि बलात्कार गरेको अभियोगमा ७ वर्ष जेल सजाय सुनाइएका गुरु रामरहिम सिंहको अनुयायीले गरेको आन्दोलन भड्किएका कारण ३० जनाको मृत्यु भइसकेको छ ।

दुईसय जना भन्दा बढी घाइते भएका छन् । जसमध्ये ५० जना प्रहरीहरु रहेको बताइन्छ । प्रहरीले एकसय जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । भारतको उत्तरी क्षेत्रमा पर्ने हरियाणास्थित पचकुल्लाको सर्वोच्च अदालतले गुरु रहिमलाई सातवर्षे जेल सजाय सुनाएपछि उनका अनुयायीहरुले दंगाफसाद गरेका थिए । जस क्रममा शनिबारसम्म ३० जना बढीको मृत्यु भइसकेको हो । कतिपय क्षेत्रमा स्थानीय सरकारले बाध्य भएर कर्फयुसमेत जारी गरेको छ ।
यो घटना १९९९ को हो । तर, उनीमाथि सन् २००२ मा मात्रै मुद्दा दर्ता भएको थियो । तर, उनका अनुयायीहरुले यो घटनालाई गलत मान्दै आएका थिए । तर, अदालतले उक्त कुरा पुष्टी गर्दै जेल सजायको लागि अगष्ट २८ तारिखका दिन अन्तिम फैसला गर्ने निर्णय सार्वजनिक गरेको थियो । उनलाई भारतीय सेनाको हिरासतमा राखिएको छ ।
घटना हुने सम्भावित खतरालाई नियाल्दै स्थानीय सरकारले शुक्रबार स्कुल, कार्यालयहरु र उक्त क्षेत्रमा चल्ने ट्रेनहरु पनि बन्द गरेको थियो भने पचकुल्ला तथा चण्डीगढ क्षेत्रमा इन्टरनेटसमेत बन्द गरिएको थियो ।
गुरुको विश्वभर ६० मिलियन भन्दा बढी अनुयायी रहेको दाबी गरिन्छ । भारतको हरियाणा, तथा पञ्जाव क्षेत्रमा मात्रै २ मिलियन भन्दा बढी अनुयायी रहेको विश्वास गरिन्छ ।
उनलाई अदालतमा हाजिर गर्ने समयमा पनि उनका अनुयायीहरुले तिब्र विरोध गरेका थिए । गुरुले उक्त आरोपलाई अस्वीकार गर्दै आइरहेका थिए ।