वासिङटन/ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकार सेवास्टिएन गोर्काले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको छ ।

उनले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम गर्न नपाउने एक अधिकारीले शुक्रबार पुष्टि गरेकाे छ ।

“सेवास्टिएन गोर्काले राजिनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,” ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ । छ्यालिस वर्षका गोर्का राष्ट्रपति उप सहायकको रुपमा कार्यरत छन् । रासस÷सिन्ह्वा