धरान/राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । संविधान संशोधन विधेयक फेल भएपछि केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको नेता राजीव झाले जानकारी दिए । [caption id="attachment_45767" align="alignnone" width="960"] फायल तस्विर[/caption] ‘केन्द्रीय पदाधिकारी बैठकको अन्तिम वक्ता एवं राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा बैठकको बहुमतलाई कदर गर्दै आगामी स्थानीय निकायको चुनावमा जाने स्वीकृति प्रदान,’ झाले भनेका छन् । मधेसका माग सम्बोधनका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बहुमत नपुग्दा सदनबाट अस्वीकृत भएको थियो । विधेयक अस्वीकृत भएलगत्तै सुरु भएको राजपा केन्द्रीय पदाधिकारी बैठकले संशोधनको मुद्दालाई लिएर जनतामा जाने निर्णय गर्दै चुनावमा भाग लिने औपचारिक घोषणा गरेको छ । यसअन्तर्गत संशोधनको विपक्षमा उभिएका दलको मधेसमा भण्डाफोर गर्ने राजपाको राणनीति रहेको छ ।