काठमाडौँ/नेकपा (एमाले) का नेता एवं ले सरकारले सहकारी संस्थालाई व्यवस्थित गर्न चाँडो सहकारी नीति ल्याउनुपर्ने बताए ।
विश्वास बहुउदेश्यीय सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभामा मंगलबार नेता पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटिए नीति फितलो हुने औँल्याउँदै सहकारीले जनताको पैसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्नुपर्नेमा जोड दिए ।
उनले सहकारीको विकासले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै कुनै पनि देशको आर्थिक उन्नति हुनका लागि त्यस देशका मानिस उद्यमी र व्यावसायिक बन्नुपर्नेमा जोड दिए ।
उक्त सहकारी संस्थाका अध्यक्ष रमेश गौतमले २०५६ सालमा ३९ लाख शेयर संकलन गरी रु २९ लाख १४ हजार ७१७ बाट कारोबार शुरु भएको र आर्थिक वर्ष २०७३/७४ मा मात्र संस्थाले रु १९ करोड ३४ लाख शेयर पूँंजी संकलन गर्न सफल भएको जानकारी दिए । रासस –––––––––